बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गयाे

 फागुन ११, २०७८ बुधबार ६:४८:३७ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएकाे छ । ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुकाे पाटे बाघकाे आक्रमणबाट हिजो बेलुका ज्यान गएकाे मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।

निकुञ्जसँग सीमा जाेडिएकाे आफ्नाे घर नजिक बंगुरलाई चाराे दिन लाग्दा बाघले आक्रमण गरेकाे प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले हाेहल्ला गर्दा बाघले छाडेर गएकाे र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

मृतककाे आधा खुट्टा, हात खाएकाे र क्षत विक्षत अवस्थामा शव फेला परेकाे जनाइएको छ । मृतक थारुकाे शव राति नै पाेस्टमार्टमका लागि गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया