हिउँदयाम सकिँदै, बिस्तारै प्रि-मनसुनका गतिविधि सुरु हुने

 फागुन १५, २०७८ आइतबार ७:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बद्ली भएको छ । यी दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अन्य केही प्रदेशका एक/दुई ठाउँको मौसम पनि आज आंशिक बद्ली हुने सम्भावना छ । तर, जाडोयामको अन्तिम अन्तिम भइसकेकाले अब पश्चिमी वायुको प्रभाव हट्दै जाने छ । भोलिदेखि देशका सबै ठाउँको मौसममा सुधार आउने अनुमान गरिएको छ ।

नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । आज फागुन १५ गते हो । यस अनुसार हेर्दा भोलिदेखि हिउँदयाम सकिएको मानिनेछ । हिउँदयाम पछि बिस्तारै प्रि-मनसुनी गतिविधिहरु सुरु हुनेछन् ।

प्रि-मनसुनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने, हावाहुरी चल्ने हुन्छ । यसपालिको हिउँदमा औसतभन्दा बढी पानी परेको छ । केही दिनअघि पोखरामा परेको असिना पानीले तरकारीमा नोक्सानी गरे पनि समग्रमा यसपालिको हिउँदे वर्षाले कृषि क्षेत्रलाई फाइदा पुर्याउने कृषि विज्ञले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया