हिजो बेलुकासम्ममा ३ सय ३ जना नेपालीले युक्रेन छाेडे

 फागुन १८, २०७८ बुधबार ८:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् । हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालकाअनुसार अहिलेसम्म तीन सय तीन जनाले युक्रेन छोडेको आधिकारिक जानकारी मन्त्रालयमा आएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइनसकेको उहाँले बताउनुभयो ।

युक्रेनबाट सबैभन्दा धेरै पोल्याण्ड भएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् भने ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका प्रवक्ता लम्सालले बताउनुभयो । युक्रेनमा रहेका केही नेपाली अझै बाहिरिने पर्खाइमा छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया