उप-महानगरको पूर्ण लगानीमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

 फागुन २५, २०७८ बुधबार ८:५४:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा आजदेखि हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएकाे छ । उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार समेत तयार गरिदिएपछि अस्पतालमा सेवा सुरु भएकाे हो ।

हेटौंडामै सरकारी अस्पतालमै डायलासिस सेवा सुरु भएपछि यो सेवा लिनका लागि चितवन, काठमाण्डौ, वीरगञ्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको मेयर हरिबहादुर महतले बताउनुभयाे । यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो ।

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलाइसिसको काम भइरहेको छ । अहिले दश वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस भइरहेको छ । मकवानपुरमा डायलासिस गर्नुपर्ने ५ सय ३७ जना बिरामी छन् । जिल्लामै यो सेवा पाइएपछि बिरामी र आफन्तहरु निकै खुसी भएका छन् ।

नगरवासीलाई पहिले स्वास्थ्य सुविधा दिएर मात्र पूर्वाधार विकासमा जोड दिइएको मेयर महतले बताउनुभयो । आउँदो आर्थिक वर्षको बजेटमा पनि अस्पतालको स्वास्थ्यमा उपमहानगरपालिकाले रकम छुट्याएको उहाँकाे भनाइ छ । अब उपमहानगरपालिकाकै लगानीमा सरुवा रोगको उपचार गर्नका लागि अस्पताल स्थापना गरिने पनि मेयर महतले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया