१ सय अङ्कभन्दा धेरैले बढेको शेयर बजारमा हरियाली, कारोबार रकम झन्डै ५ अर्ब रुपैयाँ पुग्यो

 फागुन २९, २०७८ आइतबार १५:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक सय एक दशमलव शून्य सात अङ्कले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।

आज सबैजसो समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बैंकिङ ५४ दशमलव ७१, व्यापार एक सय १३, होटल तथा पर्यटन एक सय ५८ दशमलव ६९, विकास बैंक दुई सय १० दशमलव ५६, जलविद्युत् ७५ दशमलव ६५, वित्त एक सय सात दशमलव १, निर्जीवन बीमा पाँच सय ६७ दशमलव ८७, उत्पादन तीन सय आठ दशमलव ०६, अन्य ८६ दशमलव ६२, लघुवित्त एक सय ६३ दशमलव ७८, जीवन बीमा नाै सय २२ दशमलव १६, सामूहिक लगानी कोष शून्य दशमलव १७ र लगानी समूह तीन दशमलव ८१ अङ्कले उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला केही दिन दैनिक दुईदेखि तीन अर्ब रुपैयाँको मात्रै कारोबार हुने गरेकोमा आज दुई सय २८ वटा कम्पनीका ९० लाख २२ हजार कित्ता शेयर चार अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

एसियन, ज्योति र सानीमा लाइफ इन्सोरेन्स कम्पनी तथा इमर्जिङ नेपाल लिमिटेड र कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले बढेको  छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया