देशभर गर्मी बढ्दो : काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुग्यो

 फागुन ३०, २०७८ सोमबार ८:०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । आज पनि देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ ।

गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

आज पनि यही आसपासमा अधिकतम तापक्रम पुग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । यस्तै, धरानको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । अस्ति धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएकाे थियाे । 

विराटनगर, जनकपुरसहित देशका धेरै ठाउँमा अस्तिको भन्दा हिजो गर्मी बढेको थियो । मौसमविद् सापकोटाले आज पनि हिजोको भन्दा गर्मी धेरै हुने अनुमान रहेको बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनमा तापक्रम बढ्दै जानु नौलो कुरा भने होइन ।

हरेक वर्ष प्रि-मनसुनको समयमा गर्मी बढ्छ । तर, जलवायु परिवर्तनको असरका कारण विश्वकै मौसममा परिवर्तन भइरहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हुनसक्ने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया