देशका धेरैजसाे ठाउँकाे माैसम धुम्म, ‘धुलो झार्ने गरी पानी पर्ने सम्भावना तत्काल छैन’

 चैत १६, २०७८ बुधबार १६:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा केही दिनदेखि धुलो र प्रदूषणले आकाश ढाकिँदा मौसम खुल्न सकेको छैन । गर्मी बढेसँगै धेरै हावा नचलेको र वायुमण्डलमा भएको धुलोका कणहरू सतहमा झार्ने गरी पानी पनि नपरेका कारण उपत्यका धुलो र प्रदूषणले ढाकिएको वातावरण विभागले जनाएको छ । 

अहिले उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६८ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थकर मानिन्छ । वायुमण्डल नै प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । हावामा हुने दुई दशमलव पाँच माइक्रोनभन्दा साना धुलोका कणले मानिसको स्वास्थ्यलाई धेरै असर गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हावामा यस्तो कण प्रतिक्युबिक मिटरमा पाँच माइक्रोग्राम हुनुपर्छ । तर अहिले काठमाण्डौ उपत्यकामा त्यसको झन्डै १३ गुणा धेरै अर्थात् प्रतिक्युबिक मिटरमा ६४ दशमलव आठ माइक्रोग्राम रहेको छ । 

अहिले काठमाण्डौ उपत्यकाको वायुमण्लमा देखिएको धुलो हटाउन कि जोडले हावा चल्नुपर्ने कि ठूलो पानी पर्नुपर्ने वातावरणविदहरू बताउँछन् । तर धुलो झार्ने गरी ठूलो पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसमविद्ले बताएका छन् । बेलुकीपख फाट्टफुट्ट पानी परे पनि प्रदूषण कम गराउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बिष्णु घिमिरेले जानकारी दिनुभयो । 

अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो सहरी क्षेत्रकाे मौसम धुम्म रहेको छ । 

अन्तिम अपडेट: असोज २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया