आज केही ठाउँमा पानी पर्ने सम्भावना : अझै दुई तीन दिन मौसम सुधार नहुने

 चैत १८, २०७८ शुक्रबार ८:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका केही ठाउँमा आज बेलुकातिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताउनुभयो ।

प्रिमनसुनको बेलामा कतै कतै एक्कासि एकैछिन ठूलो पानी पर्न सक्ने उहाँको भनाई छ । प्रदूषण हट्ने गरी ठूलो पानी पर्न नसकेको र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । अहिले बिहान सात बजे काठमाण्डौको वायु प्रदूषण मापक सूचक एक्यूआई एक सय २६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई मानव स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ । गएको सोमबार काठमाण्डौमा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६३ रहेको थियो । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया