हेटाैँडाकाे मेयर आफ्नै पार्टीले पाउनुपर्ने भन्दै कांग्रेस मकवानपुर कार्यालयमा ताला

 बैशाख ६, २०७९ मंगलबार १९:१२:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आज मङ्गलवार पार्टीका असन्तुष्ट कार्यकर्ताले ताला लगाएका छन् । हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै हेटौँडा २ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताले ताला लगाएका हुन् ।   

आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यायलमा नगरका सभापतिहरूसहितको बैठक भइरहँदा पार्टी कार्यालयमा ताला लगाइएको हो । बैठकमा सहभागी नेता, कार्यकर्ताले गठबन्धन आवश्यक नरहेको समेत जनाएका छन् । 

कांग्रेस उपमहानगरपालिका कमिटीका पदाधिकारी र १९ वडाका सभापतिको बैठकले पार्टीले मेयर नपाएको अवस्थामा गठबन्धनबाट अलग रहेर चुनावमा भाग लिने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका नेता तथा मेयरमा सिफारिस आनन्दराम पराजुलीले बताउनुभयो ।

गठबन्धनको छलफलका क्रममा कांग्रेसले मेअर छोडेको अपुष्ट खबर बाहिर आएपछि कांग्रेस नेता, कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् । पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकले हेटौँडाको मेअर नेकपा एकीकृत समाजवादीलाई दिने औपचारिक प्रस्ताव गरेपछि हेटौँडा उपमहानगर समितिले यस्तो निर्णय गरेको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया