एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

 बैशाख २१, २०७९ बुधबार १२:४४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । 

यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यो योजना वैशाख १६ गतेदेखि सञ्चालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमाबुवाको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् ।

कर सहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको ब्यालेन्स सहित सामाजिक सञ्जाल  (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्न ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया