काठमाण्डौमा बिहान मौसम खुल्यो : दिउँसोपख देशका धेरै ठाउँमा बद्ली हुने

 वैशाख २४, २०७९ शनिबार ७:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ ।

केही दिनदेखि काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम लगातार जस्तै बद्ली भएकोमा आज बिहान काठमाण्डौ उपत्यकामा मौसम खुलेर घाम लागेको हो ।

अहिले घाम लागे पनि बिस्तारै मौसम बद्ली हुँदै जाने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भोलिको मौसम पनि यस्तै रहने अनुमान छ।
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया