‘राप्रपाले जितेको पालिका कस्तो हुँदो रहेछ भनेर हेर्न देशभरका मानिस हेटौँडा आउने बनाउँछौँ’

 बैशाख २५, २०७९ आइतबार २०:२०:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्ट्राचार नगरि, कमिसन नखाइ कसरी पालिका विकास हुन्छ भनेर हेर्नका लागि यो पटक आफ्नो पार्टीलाई विजयी गराउन अनुरोध गर्नुभएको छ । 

आज आइतवार हेटौँडामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘राप्रपाले जितेको पालिका कस्तो हुँदो रहेछ भनेर हेर्न देशभरका मानिस हेटौँडा आउने बनाउँछौँ ।’

देशमा कम्युनिस्ट र कांग्रेसले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै राप्रपाले भ्रष्ट्राचार उन्मूलनको महान् उद्देश्य बोकेको अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँले यो पटकको चुनावमा एमाले–कांग्रेस–माओवादीको बाकस खाली गर्नका लागि अनुरोध पनि गर्नुभयो । 

कार्यक्रममा राप्रपाबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका दीपकबहादुर सिंहले देशलाई बचाउने हो भने राजसंस्था पुनस्र्थापन हुनुपर्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया