'आसानी' आँधीकाे प्रभाव नेपालमा आज बेलुकादेखि देखिँदै

 वैशाख २७, २०७९ मंगलबार २०:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । 

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र चट्याङसहित पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राति भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ । 

आज बेलुकादेखि भारतमा उत्पन्न भएको आसानी नामको समुद्री आँधीको प्रभाव पनि पर्न थाल्नेछ । अहिले बादल आउने क्रम सुरु भएको श्रेष्ठले बताउनुभयो । 

आसानी वायुको प्रभाव आज सामान्य रूपमा मात्रै पर्नेछ । भोलि बिहानदेखि भने देशभरको मौसम बदली हुनेछ । तर लगातार पानी पर्ने सम्भावना भने नभएको माैसमविद् श्रेष्ठले बताउनुभयो । भोलि बुधवार दिनभर बादल लागे पनि पानी भने लगातार नपरि पर्दै रोकिने उहाँले बताउनुभयो । 

आसानी वायुको प्रभाव आउँदाे वैशाख ३० गते अर्थात् चुनावको दिनसम्म नै रहने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया