दैलेख : जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेर मात्र मतगणना स्थलमा प्रवेश दिइने

 बैशाख २८, २०७९ बुधबार १९:२४:१७ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखका ११ वटै पालिकाका मतगणना स्थलमा जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेर मात्र प्रवेश दिइने भएको छ ।

दैलेखका सबै पालिकाका मतगणना स्थलमा एक/एक वटा 'ब्रेथलाइजर' प्रबन्ध गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । मतगणना स्थलमा होहल्ला र विवाद हुन नदिन 'ब्रेथलाइजर' प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।  

'ब्रेथलाइजर' व्यवस्थापछि मतगणनाकाे सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सहज हुने दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताउनुभयो । 

मतगणना व्यवस्थित गर्न ल्याइएका 'ब्रेथलाइजर' ले समाजमा जाँड–रक्सीका कारण उत्पन्न हुने घटना कम हुने नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापाकाे विश्वास छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया