पश्चिमका केही ठाउँमा ठूलो पानी पर्दै, मतदान केन्द्र हिलाम्मे

 वैशाख २९, २०७९ बिहीबार १७:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पानी परेपछि जलमग्न भएको दाङको घोराही–१४ बालमन्दिरमा रहेको मतदान परिसर । तस्बिर : रासस

काठमाण्डाै – अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो । 

पानी परेका ठाउँका मतदान केन्द्र र स्थल हिलाम्मे बनेका छन् । चुनावका लागि आवश्यक सामग्री जोगाउन पनि समस्या भइरहेको छ । पानी पर्ने पूर्वानुमानका आधारमा निर्वाचन आयोगले मतदान केन्दमा पालको व्यवस्था गर्न निर्देशन दिएको छ । 

अहिले ठूलै पानी परिरहेको भए पनि अबको एक दुई घण्टापछि यी ठाउँमा पानी पर्न रोकिने महाशाखाकाे भनाइ छ । तर राति प्रदेश १, बाग्मती, लुम्बिनी र गण्डकीको केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ ।  भोलि शुक्रवार दिउँसोसम्म घाम लागे पनि बेलुकापछि पानी पर्नेछ ।  विशेष गरेर लुम्बिनी प्रदेशका केही ठाउँमा भोलि ठूलो पानी पर्ने सम्भावना छ । 

यसैबीच भारतमा उत्पन्न असानी आँधीको प्रभाव नेपालमा पर्ने सम्भावना लगभग टरेको माैसमविद् वरुण पाैडेलले बताउनुभयाे । असानी अहिले भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्र आसपास नै रहेकोले यसको आशिंक प्रभाव मात्रै पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया