मकवानपुरमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता

 बैशाख ३०, २०७९ शुक्रबार १३:३०:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरका दशवटै पालिकाका मतदान केन्द्रहरुले मतदाताले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् ।

जिल्लाका एक सय ६५ वटै मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताहरुको भीड लागिरहेको छ । विहानैदेखि मौसम पनि सफा रहेकोले मतदानमा सहभागीताका लागि सजिलो भएको मतदाताहरुले बताएका छन् ।

मकवानपुरका दश वटा पालिकाका तीन सय सय ६५ वटा मतदान केन्द्रबाट दुई लाख ९४ हजार ९१९ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउदैछन् । मकवानपुरमा विभिन्न पार्टीका केन्द्रीय, प्रदेश स्तरका नेताहरुले मतदान गरेका छन् ।

धेरैजसो नेताहरुले हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा गएर मतदान गरेका छन् । यसैगरी विभिन्न दलमा आवद्ध उम्मेदवारहरुले पनि मतदान गरेका छन् । राप्रपा नेपाल अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया