मकवानपुर : इन्द्रसरोवर – १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

 बैशाख ३१, २०७९ शनिबार १३:१७:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर –  मकवानपुरको मतगणनामा वडा अध्यक्ष तर्फ कांग्रेसले खाता खोलेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएसँगै यहाँबाट कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । 

मतगणना अनुसार यस वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाउनुभएको थियो । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिङ्, गोमा लामा विजयी भएका छन् भने दलित तर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्वसम्मत हुनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया