सर्लाहीको बरहथवामा आज पुनः मतदान

 जेठ ३, २०७९ मंगलबार ९:१६:३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ श्रीपुरमा आज पुनः मतदान सुरु भएको छ । 

निर्वाचन आयोगको निर्णय अनुसार आज बिहान ७ बजेबाट वडा नम्बर १७ को आधारभूत विद्यालय परोरिया टोलको मतदान स्थल अन्तर्गत पर्ने दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले  जानकारी दिनुभयो

त्यहाँ रहेको दुई वटा मतदान केन्द्रमा एक हजार ९ सय ५४ मतदाता रहेका छन्। त्यस मतदान केन्द्रमा  गएको शुक्रबार ३ सय ७२ मत मात्र खसेको थियो। 

मतदान भइरहेको बेला जनता समाजवादी पार्टीले मतदातालाई कब्जा गरेर एकलौटी मत हाल्न खोजेको अन्य पार्टीले आरोप लगाएका छन्। त्यहाँ कडा सुरक्षाकाबीच मतदान सुरु भएको छ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया