राप्रपालाई हराउँदै धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी

 जेठ ३, २०७९ मंगलबार १२:३२:१२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ ।

रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गोम्बा घलेले २५९७ मत प्राप्त गर्नुभएको हो । यसअघि राप्रपाले जितेको रुबीभ्याली गाउँपालिकामा राप्रपाका केन्द्रीय नेता बुद्धिमान तामाङको घर समेत रहेको क्षेत्र हो ।

उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले २ हजार ९ सय ३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले २ हजार १ सय ३२ मत प्राप्त गर्नुभयो ।

रुबीभ्याली गाउँपालिकामा गठबन्धनलाई एमालेले समेत साथ दिएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया