धादिङकाे गल्छी गाउँपालिका अध्यक्षमा एमालेका खतिवडा विजयी

 जेठ ३, २०७९ मंगलबार १४:२९:४८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङकाे गल्छी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार केदार खतिवडा विजयी हुनुभएकाे छ ।  

खतिवडाले सात हजार तीन सय नाै मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णहरि श्रेष्ठले सात हजार ५७ मत प्राप्त गर्नुभयाे । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस मिलेर वडा सदस्यसम्म गठबन्धन गरेको यस पालिकामा उपाध्यक्षमा भने कांग्रेसका भाइकाजी तिवारी विजयी हुनुभएको छ । तिवारीले सात हजार चार सय ९४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी राधा तिमल्सिनाले सात हजार ५८ मत प्राप्त गर्नुभएको गल्छीका निर्वाचन अधिकृत दिपेन्द्र सुवेदीले जानकारी दिनुभयाे । 

आठ वडा रहेकाे गाउँपालिकामा एमालेले तीन, कांग्रेसले तीन र माओवादीले एक वडाध्यक्ष जितेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया