थाहा नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट माओबादी विजयी

 जेठ ४, २०७९ बुधबार ६:४९:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । 

नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । थाहाको मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी हुनु भएको हो । 

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९७१९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको प्रतिस्पर्धी एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गर्नुभयो । 

उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्नुभयो । उहाँको प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३,३ वडा जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया