पर्साको ठोरी गाउँपालिकामा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १८:४:१५ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको ठोरी गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएकाे छ । ४ हजार ४९ मत प्राप्त गरी एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर श्रेष्ठ विजयी हुनुभएकाे हाे । यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै गोकुली कुमारी रेग्मी ४ हजार २ सय ५९ मत प्राप्त गरी विजयी हुनुभयाे ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३ सय २९ मत प्राप्त गर्नुभयाे । साविकको निर्मलवस्ती गाविस हालको वडा नं ३ र ४ को दुईपटक अध्यक्ष निर्वाचित श्रेष्ठ ०७४ को निर्वाचनमा पदमलाल श्रेष्ठसँग पराजित हुनुभएकाे थियाे । नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्रीसमेत रहनुभएका वृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५ सय ४८ मत प्राप्त गरेर तेश्रो स्थानमा रहनुभयाे ।

उपाध्यक्षमा गोकुली कुमारी रेग्मीकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निरु तामांगले ३ हजार ४३ मत पाउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया