अर्घाखाँची : खोलामा डुबेर काका र भतिजको ज्यान गयाे

 जेठ ८, २०७९ आइतबार १३:३३:२० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएकाे छ ।

शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजकाे ज्यान गएकाे हाे । 

डुबेर प्युठान नौबहिनी गाउँपालिका-८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उहाँका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताउनुभयो । 

जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी उनीहरुकाे शव आफन्तको जिम्मा लगाइएको उहाँले बताउनु भयाे । 

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया