अरबी गायक रफीले गाए नारायण गोपालको गीत (भिडियो)

 असोज ४, २०७५ बिहिबार ११:५३:५३ | उमाकान्त पाण्डे
unn.prixa.net

ओमन, असोज ४ – अरबी गायकले पहिलोपटक नेपाली गीत गाउनु भएको छ । ओमनका गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाउनुभएको हो । 

ओमानमा रहेको नेपाली दूतावासले संविधान दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा हैथाम रफीले नेपाली गीत गाएर नेपाल र ओमनबिचको भावनात्मक सम्बन्ध थप उचाइमा पुर्‍याउन चाहेको बताउनुभयो । रफीले गीत संगीतको भाषा र धर्म नहुने भन्दै स्वर सम्राट नारायण गोपालको गीत आफूलाई धेरै मनपर्ने बताउनुभयो । 

भारतको गायन रियालिटी शो ‘दिल हे हिन्दूस्तानी’ का विजेता समेत रहेका रफीले ओमनमा नेपालीको उपस्थितीले दुई देशिय सम्बन्ध थप बलियो भएको बताउनुभयो । नेपालमा संविधान जारी भएको तेस्रो वर्ष पुगेको अवसरमा नेपाली दूतावास ओमानले मस्कटमा कार्यक्रम गरेको थियो ।

ओमनका सूचना मन्त्री हामिद बिन मोहम्मद अल रशिदको प्रमुख आतिथ्यता तथा ओमान सरकारका बिभिन्न २० निकायका प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रममा यहाँ कार्यरत नेपाली समुदाय समेत सहभागी भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया