गाई, बाँदर र सिंहले पनि अब तमिल र संस्कृत बोल्ने

 असोज ४, २०७५ बिहिबार २१:५९:१९ | एजेन्सी
unn.prixa.net

आफूलाई भगवान बताउने स्वामी नित्यानन्दले गाई, बाँदर र सिंहलाई संस्कृत तथा तमिल भाषा सिकाउन सक्ने दावी गरेका छन् । समाजिक सञ्जालमा उनले गरेको यस्तो दावी अहिले निकै नै भाइरल भएको छ ।

नित्यानन्दले एउटा सफ्टवेर तयार गरेको बताएका छन् । जुन सफ्टवेरको सहायताले गाई, बाँदर तथा सिंह पनि संस्कृत र तमिल बोल्न सक्ने उनको दावी छ । आफूले बनाएको सफ्टवेरको परीक्षण पनि भैसकेको उनले बताएका छन् । एक वर्षभित्र आफूले प्रमाणित गरेरै देखाइदिने पनि उनको भनाई छ ।

आफूसँग आध्यात्मिक शक्ति भएको र त्यसैको सहयोगमा गाई, बाँदरजस्ता जनावरमा मानिसमा मात्रै भएको अंग विकास गर्ने नित्यानन्दले बताएका छन् । नित्यानन्दले जनावरको लागि भोकल कर्ड अर्थात बोल्ने नलीको विकास गर्ने बताएका छन् ।

स्वामी नित्यानन्द दक्षिण भारतका चर्चित तथा निकै नै विवादित बाबा हुन् । उनीमाथि एक दक्षिण भारतीय अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको छ । 

यसका अलावा नित्यानन्दमाथि आफ्नै शिष्यहरुले पनि शारीरिक शोषण गरेको आरोप लगाएका छन् । साथै उनीमाथि जबरजस्ती समलिंगी सम्बन्ध राखेको पनि आरोप लागिसकेको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया