आज प्रदेश-१, मधेस, वाग्मती र गण्डकीमा पानी पर्ने सम्भावना

 जेठ २१, २०७९ शनिबार ८:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशको एक/दुई ठाउँमा पानी परिरहेको छ ।

प्रदेश-१ को पहाडी भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही दिनको मौसम यस्तै रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।  

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया