सङ्खुवासभाको चिचिलामा पहिरोबाट १० परिवार विस्थापित

 असार ६, २०७९ सोमबार ९:५०:१३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - लगातार परेको वर्षाका कारण सङ्खुवासभाको चिचिला गाउँपालिका भित्रका विभिन्न ठाउँमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । 

गाउँपालिका भित्रका वडा नम्बर १ मा ६ घर र वडा नम्बर ३ मा ४ घरपरिवार पहिराेबाट विस्थापित भएका हुन् । 

वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् । यस्तै वडा नम्बर १ कै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित भएका चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताउनुभयो । उहाँको अनुसार, वडा नम्बर ३ मुग्लिगाउँमा बलबहादुर राई (ख), सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवारलाई पहिरोले विस्थापित बनाएको छ ।

पहिरोबाट विस्थापित भएकाहरुलाई आफन्तको घर र सामुदायिक भवनहरुमा राखिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । पालिका भित्रका अन्य ठाउँहरुमा समेत पहिरोको जोखिम बढेको छ भने क्षतिको अनुगमन भइरहेको अध्यक्ष शेर्पाको भनाइ छ ।    
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया