भारतीय जङ्गलमा निहुराे टिप्न गएका बेला गाेली लाग्दा १ नेपालीकाे ज्यान गयाे

 असार १७, २०७९ शुक्रबार १८:७:४० | भावुक योगी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बर्दिया – भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको ज्यान गएको छ । 

बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक  आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको थियो । होसमा आएपछि फोन गरी आफन्तलाई खबर गरी आफन्तले उपचारका लागि गुलरिया अस्पतालमा लगेका थिए । उपचारकै क्रममा उहाँको आज शुक्रवार ज्यान गएको हो । 

भारतको वनरक्षकले गोली हानेको हुन सक्ने अनुमान गरिए पनि पुष्टि भएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया