पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक

 असार २८, २०७९ मंगलबार ८:५३:५८ | एजेन्सी
unn.prixa.net

पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएकाे छ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो पूर्ण–रङ तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बिर देखाइएको थियो । तस्बिर हेरेपछि बाइडेनले आफूहरु पहिले कसैले नदेखेका सम्भावना देख्न सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । जेम्स वेबका थप तस्बिरहरू नासाले आज सार्वजनिक गर्ने बीबीसीले जनाएको छ ।

वेब परियोजनाका कार्यक्रम वैज्ञानिक डा. एरिक स्मिथले यो मिशनबाट विश्वजगत् साँच्चिकै मोहित भएको बताउनुभएको छ । जेम्स वेब स्पेस टेलिस्कोप एक अन्तरिक्ष टेलिस्कोप हो जुन मुख्य रूपमा इन्फ्रारेड खगोल विज्ञान सञ्चालन गर्न डिजाइन गरिएको हो । यसलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको सबैभन्दा शक्तिशाली टेलिस्कोपको रूपमा हेरिएको छ । यसको धेरै सुधारिएको इन्फ्रारेड रिजोल्युसन र संवेदनशीलताको कारण यसले हबल स्पेस टेलिस्कोपको तुलनामा धेरै पुरानो, टाढा वा धमिलो वस्तुहरू हेर्न मद्दत गर्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया