अर्घाखाँचीमा गाउँमै नि:शुल्क अल्ट्रासाउन्ड, बाँगीका महिला खुशी

 असार ३०, २०७९ बिहिबार ११:४९:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगीको स्वास्थ्य चौकीमा नि:शुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ ।

गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि बाँगीका गर्भवती  महिलाहरु खुशी भएका छन् । गर्भवती महिलाहरुलाई अल्ट्रा साउन्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानु पर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रा साउन्ड सेवा सञ्चालन गरिएको मालारानी-५ बाँगीका वडा अध्यक्ष तिलक मिश्रले बताउनुभयो ।

गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउन्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको नि:शुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवाले स्थानीय महिलाहरु लाभान्वित हुने  वडाअध्यक्ष  मिश्रले बताउनुभयो ।

उहाँले घण्टौँ हिँडेर अल्ट्रा साउन्ड गर्न सदरमुकाम सन्धिखर्क आउनु पर्ने समस्याको समाधान  गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउन्ड सेवा सुरु गरिएको बताउनुभयो। उहाँले भने यी र यस्तै कार्यक्रमका साथ बाँगीलाई 'जिरो होम डेलिभरी' वडा बनाउने अभियानमा आफूहरु लागेका छौँ। 

आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी-५ बाँगीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पु–याउने प्रयास भइरहेको बताउनुभयो  । यस्तै गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइ रहेको समेत भएको छ । 

वडा अध्यक्ष तिलक मिश्रले बाँगी तथा मालारानीको स्वास्थ्य सेवाको विकास र विस्तार भइरहेकाे बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय अर्घाखाँची, स्वास्थ्य चौकी बाँगी र मालरानी गाउँपालिकाको सहकार्यमा बाँगी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया