बैतडी : बँदेललाई थापेको पासोमा चितुवा पर्‍याे

 भदौ १, २०७९ बुधबार ११:२८:४४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – दशरथचन्द नगरपालिका वडा.न.४ बिनासौमा बँदेलको लागि थापेको पासोमा चितुवा परेको छ । बुधबार बिहान पासोमा चितुवा फसेको देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

पछिल्लो समयमा बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मकै जोगाउनको लागी किसानहरुले पासो थापेको र त्यही पासोमा चितुवा परेको जनाइएको छ ।अहिले चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमबहादुर कडेलले जानकारी दिनुभयो । चितुवाको ढाडमा पासो परेको र चितुवाले फुत्किनका लागि प्रयास गर्ने भएकाले भिडभाड नगर्न समेत आग्रह गरिएको उहाँले बताउनुभयो ।

बैतडीमा जंगली जनावरहरुले किसानहरुले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन् । बालीनालीको सुरक्षाका लागि किसानहरुले पासो थाप्ने गरेको पाइन्छ । बँदेल, दुम्सी र बादर लगायतका जनावरहरुले किसानहरुको मकैबारी नष्ट गर्ने गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया