पासोमा फसेको चितुवा मर्‍याे

 भदौ १, २०७९ बुधबार १५:४८:४७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा पासोमा फसेको अवस्थामा फेला परेको चितुवा मरेको छ । आज बुधवार बिहान फेला परेको चितुवा दिउँसो मरेको जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ । 

दशरथचन्द नगरपालिका ४ बिनासौमा बँदेलको लागि थापेकाे पासोमा चितुवा परेको थियो । पासोमा फसेको चितुवाको उद्धार गरी खोरभित्र राखेपछि मरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत रहेका छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने टोली भने घटनास्थलमा पुगेको छैन । 

बँदेलले मकै नष्ट गर्न थालेपछि बाली जोगाउनका लागि किसानले पासो थापेको र त्यही पासोमा चितुवा परेको थियो । बैतडीमा जङ्गली जनावरले किसानले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । बँदेल, दुम्सी र बाँदरलगायतका जनावरले किसानको बाली नष्ट गर्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया