डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गयो

 भदौ ९, २०७९ बिहिबार १२:३३:२१ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको गएराति ज्यान गएको हो ।

स्वास्थ्यकर्मी समेत रहेकी खडायत सुत्केरी व्यथा लागेर अस्पताल पुग्नुभएको थियो । उहाँले मृत बच्चा जन्माउनुभएको थियो । तर बच्चा जन्मिएपछि उच्च रक्तश्राव हुँदा उहाँको ज्यान गएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिनुभयो ।

खडायत गिरिचौका स्वास्थ्य चौकीमा अनमीका रुपमा कार्यरत हुनुहन्थ्यो ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया