बाँकेको कोहलपुरमा पनि डाेजर चल्याे, अतिक्रमित संरचना हटाउन थालियाे

 भदौ १३, २०७९ सोमबार १४:३६:४८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा साेमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।

न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग गरेका छन् ।

मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयाेग गर्न नगरवासीसँग आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितकाे टाेलीकाे सहयाेगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको छ । 

काठमाण्डाै महानगरपालिकाबाट सुरु भएकाे अतिक्रमित र अनधिकृत संरचना हटाउने अभियान देशका विभिन्न पालिकाले अनुशरण गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया