वीरजगञ्ज महानगरमा चिडियाखाना बनाउन स्वीकृति

 भदौ २८, २०७९ मंगलबार २०:२४:५ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पर्साको वीरजगञ्ज महानगरपालिका ३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । मन्त्री यादवले पेस गर्नुभएको प्रस्तावलाई सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो । 

अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले त्यहाँको पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो । पर्सा र बाराको बीचमा निर्माण गरिने चिडियाखानाका लागि एक अर्ब एक करोड सात लाख रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय एक कार्यदल समिति गठन भइ त्याे कार्यदल समितिले प्रतिवेदनसमेत पेस गरिसकेको छ । 

याे ठाउँमा चिडियाखाना स्थापना गरिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । चिडियाखानाको क्षेत्रभित्र पर्ने ३ दशमलव १ हेक्टर अतिक्रमण हटाइ त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गर्नुपर्ने, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनुपर्ने लगायतका बुँदा प्रतिवेदनमा उल्लेख छ ।

यस क्षेत्रमा बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल लगायतका वन्यजुन्तुका साथै अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने गरेकाले यस ठाउँमा चिडियाखाना बनाउन उपयुक्त हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक अजय कार्कीले बताउनुभयो ।

यसैबीच वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षाैँदेखिको सपना रहेको र अहिले आएर त्याे साकार भएको मन्त्री यादवले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया