पहिरो गएपछि भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध

 असोज १, २०७९ शनिबार ११:३२:५७ | विमल बिष्ट
unn.prixa.net

डोटी - गएरातिको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त तथा डडेलधुरा दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत पर्ने कैलालीको चुरेगाउँपालिका– ६ बालकोटमा सडक माथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो । पहिराेका कारण राजमार्ग अवरुद्ध भएपछि यहाँका सात पहाडी जिल्लाबाट तराईका लागि छुटेका तथा तराईबाट पहाडका लागि छुटेका गाडी र सयौँ यात्रुहरु अहिले बीच बाटोमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय बुडरका अनुसार गएराति गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा गाडी बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्रप्रशाद धमलाका अनुसार भीमदत्त राजमार्गकै अन्य ४/५ ठाउँमा पनि स–साना पहिरो गएका र अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ।

वर्षाकै कारण डडेलधुरा दिपायल जोड्ने डा.केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको छ । यस राजमार्गको रडुवा खोला र अन्य विभिन्न ठाउँमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हाे । पहिरो हटाउने काम भइरहेको र केही समयमा सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया