डाेटीमा सैनिक जवानले दिएको रगतले १५ वर्षीया बालिकाको ज्यान जोगियो

 असोज ४, २०७९ मंगलबार १२:४१:७ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीमा नेपाली सेनाका एक जवानले गरेको रक्तदानबाट १५ वर्षीया एक बालिकाको ज्यान बचेको छ । आदर्श गाउँपालिका वडा नं ४ देहिमाण्डौँकी १५ वर्षीया बालिका सरीता विष्टको ज्यान जोगिएको हो ।

जण्डिसका कारण गम्भीर बिरामी परेकी विष्टलाई स्थानीय बासिन्दाले  जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा रगतको कमी भएको डाक्टरले बताए  पनि रगत अभाव हुँदा समस्या भएको थियो ।

'ए' पोजेटिभ रगत अभावमा उपचार प्रभावित भएको र रगतका लागि भैरवप्रसाद गणमा सूचना पुगेपछि त्यहाँ कार्यरत जवान कमल खनालले रगत दान गर्नु भएको हो । डोटीमा रक्तसञ्चार केन्द्र नभएका कारण रगतको आवश्यकता परेका बिरामी तथा उनीहरुका आफन्तले रगतका लागि सेना प्रहरी कहाँ धाउने गरेका छन्। 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया