नेपाल एकीकरणमा खाँची राज्यको भूमिका महत्त्वपूर्ण : भुसाल

 असोज १०, २०७९ सोमबार १६:३३:८ | प्रेमनारायण आचार्य
unn.prixa.net

मन्दिर उद्घाटन गर्दै भुसाल

अर्घाखाँची – अर्घाखाँचीकाे खाँचीकाेटमा निर्माण भएको कालिका भगवती देवीको मन्दिर प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसालले  उद्घाटन गर्नुभएको छ ।

चाैबीसे राज्यअन्तर्गत रहेको यस खाँची राज्यमा रहेको कालिका देवी भगवतीकाे मन्दिर एक कराेड ३० हजार रुपैयाँकाे लगानीमा निर्माण गरिएको हाे । आज साेमवार बाजागाजा र कलश यात्राका साथ मन्दिरमा मूर्तिकाे प्राण प्रतिष्ठा गरिएको छ ।

मन्दिर उद्घाटन गर्दै उपसभामुख भुसालले नेपालकाे इतिहासमा खाँची राज्य, खाँची दरबार र मन्दिरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयाे । उहाँले चन्द्रप्रभावती (पृथ्वीनारायण शाहकी जेठी मुमा) यसै राज्यको राजकुमारी भएको बताउँदै उहाँकै शिक्षा र राजकीय रणकाैशलबाट नेपाल एकीकरण भएको बताउनुभयाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, उपमेयर मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललगायतले खाँची राज्यकाे प्रशंसा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया