पूर्वबाट मौसममा क्रमशः सुधार हुँदै, सोमवारसम्म पानी पर्ने सम्भावना

 असोज २२, २०७९ शनिबार ७:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ । 

काठमाण्डौ उपत्यकामा मौसम बदलीकै अवस्था छ । काठमाण्डौमा आज शनिवार पनि दिउँसोपख पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजो शुक्रवार बिहान केही बेर घाम लागे पनि दिउँसोपछि फेरि पानी परेको थियो । यो क्रम गए रातिदेखि रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेको छ । 

त्यस्तै अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । 

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अझै दुई/तीन दिन पानी पर्न नरोकिने र सोमवारसम्म मौसम सुधार हुने नदेखिएको महाशाखा मौसमविद् मञ्जु बासीले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया