सङ्खुवासभा : माओवादीले बागी उम्मेदवारी दिएका शेर्पालाई पार्टीबाट निष्कासन गर्याे

 असोज २७, २०७९ बिहिबार १३:२४:२२ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - नेकपा माओवादी केन्द्र सङ्खुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ ।

पार्टीको हित विपरीत, गठबन्धनको भावना र मर्म विपरीत स्वतन्त्र ढङ्गले उम्मेदवारी दिएकाे भन्दै शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाे माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय) ले जानकारी दिनुभयाे । 

धर्मदेवी नगरपालिका–३ का शेर्पा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुनुहुन्थ्याे । उहाँले प्रदेश सभा (ख) बाट बागी उम्मेदवार बन्नुभएपछि कारबाहीमा पर्नुभएको हो ।

निर्वाचन आयोगबाट पानीको धारा चुनाव चिह्न पाएका शेर्पा चुनावी प्रचारप्रसारमा लागि सक्नुभएको थियाे । उहाँ नेकपा माओवादी केन्द्र र अन्य राजनीतिक दलहरुको प्रवृत्तिबाट असन्तुष्ट रहेको अभिव्यक्ति दिँदै आउनुभएको थियो ।

सङ्खुवासभामा प्रतिनिधि सभा चुनावमा लागि दुई जना स्वतन्त्रसहित १० वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित ७ वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा (क) मा शेर्पासहित अर्का दुई जना स्वतन्त्रसहित ७ वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार, जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता रहेका छन् । जिल्लामा १ सय ८ वटा मतदानस्थल र १ सय ६२ वटा मतदान केन्द्र ताेकिएकाे छ। 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया