सरकारी कागजपत्र किर्ते गरेको आरोपमा सप्तरीमा एक जना पक्राउ

 असोज १६, २०७५ मंगलबार ९:७:४९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ११ गोरपार कुजराही गाउँका लेखापढी समेत गर्दै आईरहेका मो. हकिम मियाँका ३१ वर्षीय छोरा मो.सल्लम शेखलाई मालपोत कार्यालयको स्टाम्प छाप कोठामै राखि विभिन्न किसिमको सरकारी कागज पत्रहरु किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा शेखको घर खानतलाशी गर्दा विभिन्न व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, सक्कल जन्मदर्ता प्रमाणपत्रहरु, विभिन्न व्यक्तिको जग्गाधनी दर्ता प्रमाणपत्र, विभिन्न व्यक्तिहरुको जग्गा रजिष्ट्रेशन लिखत कागज, विभिन्न व्यक्तिहरुको जग्गाधनी दर्ता प्रमाण पत्र, निर्वाचन आयोगको फोटो सहितको मतदाता नामावली, नागरिकता अनुसुचि फारम विवाह दर्ता प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र, बसाई सराई दर्ताको प्रमाण पत्रसहितका सामग्रीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो । 

पक्राउ परेका शेखलाई आवश्यक कानुनी कारवाहीको लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया