रुकुम पूर्व : परम्परागत गोरु जुधाइ प्रतियोगिता सम्पन्न

 कात्तिक ८, २०७९ मंगलबार २०:२६:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा सञ्चालन हुँदै आएकाे गाेरु जुधाइ प्रतियाेगिता यस वर्ष पनि सम्पन्न भएकाे छ । भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा गाेरु जुधाइ प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।   

प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु पहिलाे भएको आयोजक गाउँखरदारी समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिनुभयो । त्यसैगरी राज बुढाको गोरु दाेस्राे र कमल बुढाको गोरु तेस्राे भएको छ ।    

प्रतियोगितामा जम्मा आठ वटा गोरुबीच बीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले बताउनुभयो । गाउँका बलिया गोरुहरूको छनोट गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने गाेरुका मालिकलाई क्रमशः चार हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सय रुपिँया नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।  

प्रतियोगितामा पहिलाे हुने गाेरुकाे मालिकलाई आयोजकले पैसाको माला लगाइ बाजागाजासहित घरसम्म पुर्‍याउने परम्परा छ । त्यसका साथै त्यही टिमसहित स्थानीयवासी जम्मा भइ नजिकैको चौतारामा गएर नाचगान गर्ने प्रचलन रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया