डोटीमा भूकम्पपछिको अवस्था (फोटोफिचर)

 कात्तिक २३, २०७९ बुधबार ८:५७:२७ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले क्षति गरेको छ । यो भूकम्पमा ६ जनाले ज्यान गुमाएका छन् । ५ जना घाइते भएका छन् ।

गएराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ८ वटा घर भत्किएका छन् । भूकम्पले घर चर्किएकाले स्थानीयबासिन्दाले चौरमा बसेर रात बिताएका छन् ।

त्यहाँका धेरैजसो घर भत्किएका छन् । थप खोजी तथा उद्धारको काम भैरहेको छ । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । घाईतेको अवस्था बुझ्न पूर्वमन्त्री प्रेमबहादुर आले तथा काँग्रेस नेता भरतबहादुर खड्कासहितको टोली जिल्ला अस्पताल पुगेको छ ।

अस्पतालमा घाइतेकाे अवस्था बुझ्दै पूर्व मन्त्री प्रेम आले

 


अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया