पानी र बिजुली बेचेर पनि आर्थिक उन्नति हुने पञ्चेश्वर परियाेजना अगाडि बढाइन्छ : देउवा

 कात्तिक ३०, २०७९ बुधबार १८:४:१३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको तल्लो स्वराड क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक वाम गठबन्धनले आज बुधवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री देउवाले तल्लो स्वराड क्षेत्रलाई जोड्ने पाटन–पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्र हुने, उग्रतारा मेलौली सडक खण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउन भारतसँग समन्वय गर्ने पनि बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकारात्मक रहेकाले पानी र बिजुली बेचेर पनि नेपालको आर्थिक उन्नति हुने योजना अगाडि बढाइने उल्लेख गर्नुभयो । यो परियोजनाले तल्लो स्वराड क्षेत्रको विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भारतसँग सिमाना जोडिएको तल्लो स्वराडको महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने आश्वासन दिनुभयो । महाकालीमा  झोलुङ्गे पुल नहुँदा यस क्षेत्रका नागरिक जोखिम मोलेर डुङ्गाबाट आवजावत गरिरहेका बेला उहाँले यस्तो बताउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया