संखुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृतसहित १७ कर्मचारी कारबाहीमा

 मंसिर १, २०७९ बिहिबार १८:३:७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृतसहित १७ जना कारबाहीमा परेका छन् । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृत ६ जना र सहायक कर्मचारीहरु ११ जना गरी कूल १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जिवी अधिकारीले बताउनुभयो । उहाँका अनुसार, आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गरी हटाइएको हो ।

कारबाहीमा पर्ने मतदान अधिकृतहरु सबै शिक्षकहरु हुन् । यस्तै सहायक कर्मचारीहरुमध्ये पनि १० जना शिक्षक र एक जना निजामती कर्मचारी रहेको संयोजक अधिकारीले बताउनुभयो । कारबाहीमा पर्ने १७ जना कर्मचारीको नाम भने गोप्य राखिएको छ । योसँगै अन्य ३० भन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरीहरु परेका छन् । ती उजुरीमाथिसमेत छानबिन भइरहेको छ ।

कुनै पनि पार्टीका उम्मेदवारको सामाजिक सञ्जालमा शेयर गरिएका पोष्टरमा लाइक, शेयर र कमेन्ट गर्न नपाउने नियम छ । तर कतिपयले त्यस्तो काम गरेको भन्दै प्रमाणसहित लिखित उजुरी आएपछि उनीहरुले हटाएको आचारसंहिता समितिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया