गाउँपालिका अध्यक्ष सरकारी गाडी लिएर पार्टीकाे चुनावी सभामा, गाडी प्रहरीकाे नियन्त्रणमा

 मंसिर १, २०७९ बिहिबार १९:८:४४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप प्रहरीले खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी नियन्त्रणमा लिएको छ । अध्यक्ष श्रेष्ठ नेकपा एमालेको चुनावी सभामा सरकारी गाडी लिएर पुगेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । 

एमालेले आज बिहीवार साँघुटारमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष श्रेष्ठ आफूले प्रयोग गर्दै आएको बा २ झ ३४१५ नम्बरको सरकारी गाडी लिएर साँघुटार पुग्नुभएको थियो । 
गाउँपालिका अध्यक्षजस्तो मान्छेले आफ्नो पदीय मर्यादालाई कुल्चँदै सरकारी गाडी दुरुपयोग गरेको भन्ने सूचना स्थानीयले प्रहरीमा दिएसँगै साँघुटार बजारबाट त्यो गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुुप्रसाद ढकालले जानकारी दिनुभयो । अहिले त्यो गाडी प्रहरी चौकी साँघुुटारमा राखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

निर्वाचन आयोगले जनप्रतिनिधिलाई आफ्नो पालिकामा कुनै पनि राजनीतिक दललाई मत माग्न नपाउने र सरकारी गाडी प्रयोग गर्न नपाउने निर्देशन गरेको छ । श्रेष्ठले भने आयोगको निर्देशनलाई बेवास्ता गर्दै आफ्नो पालिका र जिल्लाभर एमालेको चुनावी कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै आउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया