संखुवासभाको खाँदबारी ३ मा विवाद मिलेपछि मतदान पुनः सञ्चालन

 मंसिर ४, २०७९ आइतबार १३:१३:४७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभामा प्रदेश सभाको मतपत्रमा प्रतिनिधि सभाको मतदान भएपछि स्थगित भएको मतदान पुनः सञ्चालन भएको छ ।

बिहान सहज ढंगले मतदान सुरु भएकोमा मतदानमा खटिएका कर्मचारीले झुक्किएर प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि २१ वटा त्यस्ता मतपत्रमा मतदान भएको थियो । 

पछिल्लो पटक मतदान गर्ने व्यक्तिले मतदान गर्ने क्रममा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र परेको जानकारी गराएपछि मतदान स्थगित भएको थियो । 

पछि प्रमुख जिल्ला अधिकारी लगायत मतदान अधिकृत र राजनीतिक दलका कर्मचारीसहितको सर्वदलीय बैठक बसी मतदान पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । 

बैठकपछि गल्तीले मतदान भइसकेका त्यस्ता २१ वटा मतपत्र अहिले सील गरेर राख्ने र मतदान जारी राख्ने निर्णय भएको थियो । मतगणना हुँदा ती मतपत्र गणना गर्ने नगर्ने सन्दर्भभा भने कुनै निर्णय भएको छैन । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया