बैतडीमा भएकाे जीप दुर्घटनामा ४ जना प्रहरीकाे ज्यान गयाे, ९ जना घाइते

 मंसिर ५, २०७९ सोमबार ८:४७:५९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - साेमवार बिहान बैतडीमा भएकाे जीप दुर्घटनामा चार जना प्रहरीकाे ज्यान गएकाे छ । दुर्घटनामा परि अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेकाे से १ ज ८५४ नम्बरको जीप  दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन कठायत, लोकबहादुर कठायत, टेकेन्द्रसिंह ऐर र आसा धामी रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ । मृतकहरुको परिचय खुल्न बाँकी रहेकाे छ ।  जीप सडकबाट करिब ३ सय मिटर तल खसेको  जनाइएकाे छ । 

यसअघि ज्यान गुमाउने सङ्ख्या ६ भएकाेमा सच्याइएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया