सङ्खुवासभाको दुर्गम क्षेत्रबाट मतपेटिका हेलिकप्टरमा ल्याइयो

 मंसिर ५, २०७९ सोमबार १३:५७:३० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको दुर्गम र विकट क्षेत्र भोट खोला गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ ।

छिमेकी देश चीनको सीमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको हो । सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर टाढा रहेको किमाथांकाबाट ल्याइएको हो । 

भोट खोला गाउँपालिका–१ किमाथांकामा १ सय ४८ मत खसेको छ भने भोट खोला–२ थुदाम मतदान केन्दमा २० मत खसेको छ ।

यी सबै केन्द्रको मत पेटिका खाँदबारी ल्याइएको हो । अहिले सम्म १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा ल्याइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य मतदान केन्द्रको मतपेटिकाहरू भने पैदल नै सदरमुकाम खाँदबारी ल्याउने काम भइरहेको छ । आज बेलुकीसम्म मतपेटिका सङ्कलनको काम भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने जनाइएको छ । मतगणनाको लागि जिल्ला समन्वय समितिका हलमा तार जाली र सिसी क्यामेरा जडान गरी तयार गरिएको छ । 

सङ्खुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया