रुकुम पश्चिममा जनार्दन शर्मा झन्डै दाेब्बर मतले अघि

 मंसिर ६, २०७९ मंगलबार १८:५७:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम : एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेकाे छ ।

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले झन्डै दाेब्बर मतले अग्रता लिइ रहनुभएकाे छ । अहिलेसम्म १ हजार ५ सय ९३ मत गन्दा शर्माले ८ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका नन्दराम देवकोटाले ४ सय ८९ मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत ल्याउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले अग्रता लिइरहनुभएकाे छ । केसीले ३ सय ५५, एमालेका नारायणकुमार शाहले १ सय ९८ र राप्रपाका विनोदकुमार शाहले १ सय ६० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेश सभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्माले ४ सय ९९, एमालेका कर्णबहादुर घर्तिमगरले ३ सय १ र राप्रपाका निर्जल केसीले २० मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया